सुनको भाउ ६ सय रुपैयाँले घट्यो

छिनोफानो   आइतबार १६, भदौ २०८१ ०१:०२

काठमाण्डौ – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ५२ हजार नौ सय रुपैयाँ रहेको थियो । गएको भदौ १३ गते बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीको भाउ आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु