बेङलोरमा बस्ने नेपाली भन्छन् : यहाँ रोजगार गर्छु भन्न नि लाज लाग्न थाल्यो

पवन भण्डारी   आइतबार १६, भदौ २०८१ ०२:०४

धनगढी । नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य भनेको छिमेकी देश भारत हो । भारतका विभिन्न सहरहरूमा नेपाली नभएको बिरलै भेटिएला । नेपालमा रोजगारीको अवस्था सृजना नहुदा भारतमा काम गर्न भनेर भारत पुगेका नेपालीहरू कहिले नेपालीहरूले चोरी गरेर समस्यामा परिरहेका छन त कतिपय सहरमा नेपालीहरूले विभिन्न अनैतिक क्रियाकलाप गरेर समस्यामा परिरहेका छन । 

पछिल्लो समय नेपालीहरूको बाक्लो उपस्थिति रहेको बेङलोर निकै चर्चामा रहेको छ । विभिन्न समयमा  नेपालीहरूले कसैको श्रीमती कसै सँग जाने कसैले, कसैको श्रीमती भगाउने घटनाले अन्य काम गरेर खाने नेपालीहरूलाई लज्जित बनाउन थालेकोको छ । भारतका अन्य सहरहरू भन्दा बेङलोरमा मिहेनत गर्न सके पैसा धेरै हुने भन्दै नेपालीहरूको बाक्लो उपस्थिति बेङलोरमा रहेको छ । 

भारतको बेङलोरमा रोजगारी गर्दै आएका एक नेपाली भन्छन् केही नेपालीहरूको चालचलनले गर्दा अहिले काम गरेर खाने नेपालीहरू निकै समस्या रहेका छौ । आफूहरू लाई अहिले बेङलोरमा काम गर्छौ भन्न समेत लाज लाग्न थालेको उनले बताए । कहिले चोरी गरेर नेपालीहरू दुःख पाउँछौ,कहिले कसैले कसैको श्रीमती भगायो भन्दै बेजत हुन्छ कहिले नेपालीहरूले के के गरे..... भनेर बेजत हुन्छ उनले भने । 

पछिल्लो समय सामाजिक सञ्जालका कारण निकै बेथिति भइरहेको बताउँदै उनी भन्छन् यहाँ मान्छेहरू उसले गर्यो मैले गरे के हुन्छ भन्दै प्रतिस्पर्धा गरे जस्तो गर्दैन त्यसैले बेङलोरमा नेपालीहरूको नेपालीहरूले नै बेजत गराएका छन । 

आफ्नो बाल बच्चा पाल्न घरपरिवार छोडेर प्रदेसी भएका  केही नेपालीहरूले राम्रो र मिहेनत गरेर काम गर्नेहरूलाई समेत बदनाम गराउन थालेका छन् । पछिल्लो समय भारतको बेङलोर काण्डहरूको प्रमुख थलो बनेको छ । भारतका अन्य सहरहरू भन्दा सो क्षेत्रमा केही नेपालीहरूका गतिविधि निकै नराम्रा रहेका छन ।  

यसरी दैनिक एक पछि अर्को घटनाहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा काम गर्ने मालिकहरूको नजरबाट समेत ईमान्दार मानिसहरू गिर्न थालेको अर्का एक नेपालीले बताए । कहिले नेपाली कार्यक्रममा कुटाकुट कहिले केही कहिले केही भन्न नै नसक्ने कुराहरू आउँछन् उनले भने । म विगत ७ बर्ष देखि यो शहरमा बस्दै आएको छु तर पछिल्लो समय यो सहर केही नेपालीहरूले फोहोरी बनाई सके आफूलाई नेपाली हु भन्न समेत लाज लाग्न थाल्यो उनले भने । 

दैनिक रूपमा चर्चामा रहेको बेङलोरमा अपराधी गतिविधि गर्ने नेपालीहरूलाई नेपाली संघ सङ्गठनहरूले कुनै कारबाही गरेको देखिँदैन । बेङलोरमा नेपालीहरूलाई निर्धक्क रोजगार गर्नका लागी आवाज उठाउन र स्थानीय प्रशासन सँग समन्वय गरेर कारबाही गर्न नेपाली संघ सङ्गठनहरूले कदम चाल्नु पर्ने देखिन्छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु