कालिमाटी तरकारी बजारमा धेरै जसो तरकारीको भाउ बढ्यो : जिरीको साग किलोको १७५ रुपैयाँ पुग्यो

छिनोफानो   सोमबार १७, भदौ २०८१ ११:१२

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको साग,रायोको साग, स्थानीय काउली ज्यापु, ब्रोकाउली, घिरौला लगायत धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको सागको भाउ किलोमा ८० रुपैयाँले बढेर छ ।  हिजो किलोको ९५ रुपैयाँ रहेको जिरीको साग आज ८० रुपैयाँले बढेर १७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै ,रायोको साग पनि किलोमा ७५ रुपैयाँले बढेको छ । हिजो किलोमा ११८ रुपैयाँ रहेको रायोको साग आज आज ७५ रुपैयाँले बढेर १९३ रुपैयाँ पुगेको छ । आज घिरौलाको भाउसमेत किलोमा २५ रुपैयाँले बढेको छ । हिजो किलोको ५५ रुपैयाँ रहेको घिरौला आज २५ रुपैयाँले बढेर किलोको ८० रुपैयाँ पुगेको छ ।

हरियो खुर्सानी बुलेटको भाउ पनि आज किलोमा ५१ रुपैयाँले बढेको छ । हिजो ६५ रुपैयाँ रहेको हरियो खुर्सानी बुलेटको भाउ आज ५१ रुपैयाँले बढेर किलोको ११६ रुपैयाँ पुगेको छ ।

यस्तै, स्थानीय काउली ज्यापु र ब्रोकाउली भाउ किलोमा २६ /२६ बढेर १५६ र २२३ रुपैयाँ पुगेको छ । हिजो थानीय काउली ज्यापु र ब्रोकाउली भाउको भाउ १३० र १९७ रुपैयाँ रहेको थियो । तर आज भटमासकोशा, घिउ सिमी, भारतीय गोलभेडा ठूलो लगायत तरकारको भाउ सामान्य घटेको छ ।

आज भटमासकोशा किलोमा १५ रुपैयाँले घटेर छ । हिजो किलोको ११० रुपैयाँ रहेको भटमासकोशा आज १५ रुपैयाँले घटेर किलोको ९५ रुपैयाँमा झरेको छ । त्यस्तै घिउ सिमी, भारतीय गोलभेडा ठूलोको भाउ आज किलोमा १० /१० रुपैयाँले घटेको छ । हिजो किलोको ९५ रुपैयाँ रहेको घिउ सिमी आज १० रुपैयाँले घटेर किलोको ८५ रुपैयाँमा झरेको छ । हिजो किलोमा ६५ रुपैयाँ रहेको भारतीय गोलभेडा ठूलो भाउ पनि आज किलोमा १० रुपैयाँले नै घटेर ५५ रुपैयाँमा झरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु