डडेल्धुरामा बाख्रा चराउन गएका एक व्यक्ति मृत भेटिए

छिनोफानो   सोमबार १७, भदौ २०८१ ११:१५

डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएका एक व्यक्ति मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगमा गएका थिए ।

उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु