उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

छिनोफानो   शनिबार २२, भदौ २०८१ ०७:०१

महोत्तरी – तराई मधेसमा गएराति उदाउँदो चन्द्रमालाई अर्घ्य  दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व गएराति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य  अर्पण गर्दै सम्पन्न भएको हो ।

यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ । घरका ज्येष्ठ महिलाले हिजो दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन् । यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खिर खाने चलन रहेको छ ।

यस पर्वका लागि तराई मधेसका घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुई/तीन दिन पहिलेदेखि नै जोहो गरेर राखिएको थियो भने हिजो घरका महिलाले दिनभरि पुरी, खिरलगायत वस्तुहरु पकाएर चन्द्रमा भगवानलाई चढाउँदै पर्व सम्पन्न गरेका छन् ।

यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले लोकप्रिय छ 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु