महाकाली पुल निर्माण कार्य समयमै सक्न भारतीय राजदूतको निर्देशन

छिनोफानो   शनिबार २२, भदौ २०८१ १२:०६

दार्चुला । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गरेका छन् ।  

राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको शुक्रबार अनुगमन गरेका हुन् ।  

नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उनले निर्माण कार्य समयमै सक्न निर्देशन दिए । आगामी कात्तिक महिनाभित्र पुल निर्माण सम्पन्न गर्न राजदूत श्रीवास्तवले  निर्माणमा संलग्न पक्षलाई आग्रह गर्नुभयो । 

सो अवसरमा राजदूत श्रीवास्तवले  प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, महाकाली करीडोर सडक योजनाका ईन्जिनियर दिपकबहादुर विष्टलगायतबाट पुल निर्माणबारे जानकारी लिएका थिए । भारतको पिथौरागढ जिल्लाका उप जिल्ला अधिकारी मन्जित सिंह तथा त्यहाँस्थित सुरक्षाअधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु