बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ

छिनोफानो   शनिबार २२, भदौ २०८१ ०१:१७

बझाङः बझाङमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बुङगल नगरपालिका–२ रैसेल्लीका ४१ वर्षीय उज्जल जाग्री शुक्रवार चरेशसहित पक्राउ परेका हुन्।

जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरे,शसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेक जाँच गर्दा चरेशसहित जाग्रीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु