नेतुवा तालमा डुबेर एक जनाको मृत्यु

छिनोफानो   शनिबार २२, भदौ २०८१ ०३:२१

धनगढीः कैलालीको धनगढीस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु भएको छ। आज (शनिबार) धनगढी उपमहानगरपलिका–३ बिशालनगरस्थित नेतुवा तालमा पहिचान नखुलेको करिब २८ वर्षीय पुरुषको तालमा डुबेर मृत्यु भएको हो।

तालमा डुबेको खबर स्थानीयले गरेपछि तत्काल प्रहरी सहायक निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा ३ जना, वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी वरिष्ठ निरीक्षक गोपाल कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर स्थानीय र धनगढी नगर प्रहरीको सहयोगमा उक्त तालबाट ती व्यक्तिलाई मृत अवस्थामा फेला पारी शव तालबाट निकालिएको छ।

यस विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दिपकबहादुर धामीको कमाण्डमा एसओसीओसहित ७ जना प्रहरी टोली खटिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु