मर्यादित तरिकाले होली मनाउन प्रशासनको आग्रह

छिनोफानो   बुधबार २८, फागुन २०८१ ०१:२८

जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको हो । रङ्गको पर्व होली तराईमा चैत १ गते मनाइने भए पनि होलीको रमझम सुरु भइसकेको छ ।

प्रशासनले होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ । त्यस्तो गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनले जथाभावी रङ लगाउने, कोही कसैको इच्छाविपरित हानिकारक वस्तु दल्ने कार्य नगर्न आग्रह गरेको छ ।

प्लाष्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा होहल्ला नगर्न प्रशासनको आग्रह छ । डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति, सुव्यवस्थामा खलल पु¥याउने खालका कानुन विपरितका क्रियाकलाप नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ । साथै, बेलुकी ९ बजेसम्ममात्रै सभ्य, मर्यादित, हर्षोल्लासपूर्वक पर्व मनाउन अपिल गरिएको छ । 

कोही कसैले कानुनको बर्खिलाप हुने क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम सजाय हुने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु