माटोको ढिस्कोमा पुरिएर जेठानी देवरानीको मृत्युु

छिनोफानो   सोमबार २६, फागुन २०८१ ०५:१५

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउको रातिमाटामा माटोको ढिस्कोले पुरिएर एकै घरमा जेठानी देवरानीको ज्यान गएको छ ।वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहराका अनुसार ढिस्कोमा पुरिएका दुवै जना वडा नम्बर ८ वलिगाउँ सुतुडाका अन्दाजी ३०÷३५ वर्षका देउरुपा वोहरा र विनिता वोहराको मृत्यु भएको बताईएको छ ।

आज दिउँसो स्थानीय राती माटामा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा मृत्यु भएको जनाइएको छ।

मृत्यक दुवै जनाको शव स्थानीयले वाहिर निकालेका छन ।
प्रहरीलाई जानकारी गराईएपछि प्रहरीको टोलि घटना स्थल तर्फ गईरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु