कैलाली बहुमुखी क्याम्पस प्रशासनमा तालबन्दी;

  आइतबार २०, भदौ २०७८ १२:१५

धनगढी,  कैलाली बहुमुखी क्याम्पसमा विधार्थीहरुले तालबन्दी गरेका छन्।बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विधार्थीहरुले  माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन्।

विधार्थीहरुले बुधबार क्याम्पस प्रशासन समक्ष तीन बुँदे माग राखेको त्यसमा कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरिएको बीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत  विधार्थी  तेजजंग मल्लले बताए ।
कोरोना महामारीका कारण अनलाइनको माध्यमबाट पढाइ भएकाले प्रथम सेमेस्टरको परीक्षा पनि अनलाइन माध्यमबाटै हुनुपर्ने, परीक्षामा नेपाली र अंग्रेजी दुई वटै भाषालाई मान्यता दिनुपर्ने, सबै पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु