भारतमा एक प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:३३

भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै सहकर्मीहरूलाई गोली हानेका छन् । घटनामा चार जना प्रहरी जवानको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

भारतीय प्रहरीका अनुसार अनुसार सुकमा जिल्लाको मराइगुडा पुलिस स्टेसनअन्तर्गत लिंगमपल्लीमा सीआरपीएफको ५०औं बटालियनको आधार शिविर छ । सोही शिविरका रितेश रञ्जनले सोमबार बिहान ३ बजेतिर आफ्ना सहकर्मीलाई गोली हानेका हुन् ।

मारिएका सबै सीआरपीएफको ५०औं बटालियनका सिपाही हुन् । बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘एक सिपाहीले बिहान ३ बजे अज्ञात कारणले आफ्ना साथीहरूमाथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा चार जवानको मृत्यु भएको छ । गोली चलाउने जवानसँग सोधपुछ भइरहेको छ ।’

घटनामा घाइते तीन जवानहरूलाई प्रारम्भिक उपचारका लागि तेलंगानाको भद्रचलम स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । गोली हान्ने उनलाई प्रहरीले हिरासतमा लिएको छ । त्यतिन्जेलसम्म तीन सिपाही धनजी, राजीव मण्डल र राजमणिकुमार यादवको घटनास्थलमै मृत्यु भइसकेको थियो । एक जवान धर्मेन्द्र कुमारको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

गोली लागेर तीन जना प्रहरी जवान धनन्जयकुमार सिंह, धर्मात्मा कुमार र मलय रञ्जन महराना गम्भीर घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । ती प्रहरीले आखिर आफ्नै साथीलाई किन गोली हाने भन्ने कुरा यो खबर लेख्दासम्म खुलेको छैन । उनीसँग सोधपुछ भइरहेको भारतीय प्रहरीले जनाएको छ । घटना भएको छत्तीसगढ भारतको माओवादी प्रभावित जिल्ला हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु