चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:३६

चीनले नेपाली सेनालाई तीन लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन्।

चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख (डोज) कोभिड-१९ को खोप हस्तान्तरण भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए।

चीनको सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको सेनाले जनाएको छ। चीनले नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा सहयोग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु