बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:४२

 सुनसरीमा बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–८ भण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान १० बजे बसको ठक्करबाट त्यही स्थानका मोटरसाइकल चालक ३० वर्षीय अल्ताप मियाँ र पछाडि सवार ३० वर्षीय गियासुदिन मियाँ घाइते भएका थिए ।

घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–००१ ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र–२–०१–००१ प ०७६३ मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बस चालक झापाको कनकाई नगरपालिका–३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हिरासतमा राखेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु