प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:४९

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक डाकेका छन् । दिउँसो ३ बजेका लागि डाकिएको बैठकमा नियमित एजेण्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । जलवायु सम्बन्धी लिडर समिटबाट देउवा गत १८ गते स्वदेश फर्किएका थिए ।

उनले मन्त्रिपरिषदमा भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु