ट्रकको ठक्करबाट एक युवकको मृत्यु

छिनोफानो   मङ्गलबार २३, कार्तिक २०७८ ०८:४३

मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्वरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्वरको लहरी ट्रकले मंगलबार बिहान साढे ६ बजेको समयमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट पुडासैनीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक पुडासैनीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए । ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु