कैलालीमा चक्कु प्रहारबाट युवकको मृत्यु, चक्कु प्रहार गर्ने युवकसहित ५ जना पक्राउ

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ ०८:५६

कैलालीको टीकापुरमा एक युवाको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मंगलबार साँझ चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
चक्कु प्रहार गरी  हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक  बिष्टले  जानकारी दिए।
घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु