नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ ०९:४३

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् ।

गए राति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएका प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाएकाहरुको परिचय भने खुलेको छैन । घाइते भएका १५ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइते छन् । प्रहरी निगरानीमा उनको उपचार भइरहेको डीएसपी रिमालले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु