दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा हुने

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ ०२:३८

कात्तिक । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन कार्तिक २७ देखि धनगढीमा हुने भएको छ । बुधबार धनगढीमा आयोजिक पत्रकार सम्मेलनमा मोर्चाको पाँचौं सम्मेलन धनगढीको पार्कमोडमा हुने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलमा बोल्दै मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले धनगढीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको बताए । उनले सम्मेलनको कार्तिक २७ गते हजारौं जनताको उपस्थितिमा कलाकार, बाजागाजा, झाँकी, र र्याली सहित भव्य उद्घाटन गरिने बताए । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन ‘सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन !!’ भन्ने मूल नाराका साथ यही कार्तिक २७, २८ र २९ गते आयोजना हुन लागेको छ ।

सम्मेलनमा देशका ७७ वटै जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरि करिव ३५० जनाको उपस्थिति हुने जनाइएको छ । त्यस्तै सम्मेलनमा विभिन्न राजनीतिक पार्टी निकट मित्र दलित संघ–सङ्गठनहरु र भारतीय दलित मित्र सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको आयोजक दलित मुक्ति मोर्चा नेपालले जनाएको छ ।

मोर्चाको आसन्न पाँचौं राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न आ-आफ्नो ठाँउबाट साथ र सहयोग गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, कम्युनिष्ट क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार एवं एवं न्याय र समानताका पक्षधर आम जनसमुदायमा हार्दिक आह्वान समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु