हत्यामा संलग्नलाई पक्राउ गर्नमा सहयोग गर्न आग्रह गर्दछुः प्रहरी उपरिक्षक अधिकारी

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ ०४:०७

लम्की / लम्कीका २२ बर्षिया युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्नलाई पक्राउ गने कार्यमा संयमित भएर सहयोग गर्न पिडित पक्षका आफन्त र लम्की बासिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक विश्व अधिकारीले आग्रह गर्नु भएको छ । सामुदायिक रेडियो पश्चिम आवाज संग कुराकानी गदै प्रहरी उपरिक्षक अधिकारीले घटनाको बारेमा सुस्मरुपले अनुसंधान भईरहेको, अनुसंधानमा नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला , इलाका प्रहरी कार्यालय टीकापुर र इलाका प्रहरी कार्यालय लम्कीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको बताउनु भयो । 

घटना स्थलबाट हत्यामा संलग्न भएकाहरुले प्रयोग गरेको मोटरसाइकल र अन्य बस्तुहरु समेत बरामद गरेको, मृतक युवकको साथमा रहेका र भागेर बाच्न सफल भएका लम्कीकै अर्को युवक पनी आफ्नो सम्पर्कमा रहेको बताउदै प्रहरी उपरिक्षक अधिकारीले घटनामा संलग्न रहेको आशंकामा २/३ जना नियन्णमा लिएर अनु संधान भईरहेको र हत्यामा संलग्नको नजिक÷नजिक भएकोले यसमा सबै संयमित भएर सहयोग गरे दोषि छिट्टै पक्राउ पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो घटना हुनु  दुखद् हो । हामि घटनाको अनुसंधानमै छौं, प्रहरीले घटनाको सुस्म अनुसंधानले गरीरहेको छ । प्रहरीको ध्यान अनुसंधान र हत्यामा संलग्नलाई छिट्टै पक्राउ गर्न सबैले संयमित भएर सहयोग गरी सबैमा आग्रह गर्दछु ।

लम्कीका ब्यापारी  डम्बर बडुवालका २२ बर्षिय छोरा भुपेन्द्र बडुवाललाई एक समुहले मंगलबार राति टीकापुरमा बोलाई धारीलो हतियार र चक्खु प्रहारगरी करिब ९ बजे तिर सिदार्थ होटल नजिकै  हत्या गरेको थियो ।  

टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ।

प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिनु भएको छ ।

घटनाको नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानबाट घटनामा दुई समूहबीच झडप भएको हुन सक्ने प्रहरीले आकलन गरेको जनाएको छ ।

मृतक बडुवालका आफन्त एवं संविधानसभा सदस्य भगत बडुवालले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। ‘घटनामा संलग्नहरुको पहिचान खुलिसकेको छ, तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गर्दछु’, उहाँले भन्नु भयो ।

चक्कु प्रहारबाट युवकको ज्यान गएपछि टीकापुरको शान्ति, सुरक्षामाथि प्रश्न उठेको छ। दुई साताअघि टीकापुर नगरपालिका वडा नं. ८ मा समेत एक युवकको चक्कु प्रहारबाटै ज्यान गएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु