जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बिष्टको सरुवा

छिनोफानो   बिहिबार २५, कार्तिक २०७८ ०१:२९

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले कैलालीका डीएसपी बिष्ट सहित ९५ जना डीएसपीहरूको सरुवा गरेको हो ।

आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको सरुवा गरेका हुन् । डीएसपी बिष्टलाई प्रदेश-२ को प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा गरिएको छ ।

उनको ठाउँमा डीएसपी रबिन बिष्ट आउने भएका छन । कार्यकाल पूरा गरेका जिल्ला, इलाका र वृत्तका डीएसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु