इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी तिम्सिनाको मृत्यु

छिनोफानो   शुक्रबार २६, कार्तिक २०७८ १२:२६

इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए।

गत असारबाट सरुवा भएर सप्तरी पुगेका डीएसपी तिम्सिना दसैं अघिबाटै निमोनियाको बिरामी परेका थिए। सुरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना धरानमा उनको उपचार भएको थियो। धरान ठिक नभएपछि नोबल अस्पताल विराटनगरमा उनको उपचार गरिएको थियो।

तर स्वास्थ्यमा सुधार नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज ल्याइएको थियो। २०५८ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेको तिम्सिनाले २०६१ सालमा इन्सपेक्टरमा नाम निकालेका थिए। २०७२ मा उनी डीएसपीमा बढुवा भएका थिए। ४६ वर्षीय तिम्सिना ओखलढुंगाका स्थायी बासिन्दा हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु