कैलालीमा नक्कली नोटसहित दुई जना पक्राउ

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ११:२०

कैलालीमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई पक्राउ गरिएको हो।

सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु