पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान अध्यक्ष नेपालकाे निर्देशन

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ०२:०२

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिनुभएको छ ।

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नुृ भयो, ‘तपाईंहरुमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटलमा गएर रक्सी नखाइ निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिन ।'

उहाँले रक्सी नखाँदा व्यक्तिकाे स्वास्थ्य राम्राे हुने र घर परिवार र समाजमा इज्जत बढ्ने भन्दै खराब बानी नबिसाउन आग्रह गर्नुभयाे । यस्तै अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

उहाँले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गर्नुभयो । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु