दलित शब्द लाई खारेज गर्नु पर्छ : बिप्लब

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ०५:३०

नेपाल कम्युनिष्ट  पार्टिका महासचिब नेत्र बिक्रम चन्ध बिप्लबले देश बिकास गर्न का लागी बैज्ञानीक समाजबाद आवश्यक रहेको बताए ।

नेपाल दलित मुक्ती मोर्चाको धनगढीमा हुने पाँचौ राष्ट्रीय सम्मेलनको आज धनगढीमा उद्घाटन गर्देै महासचिब बिप्लबले संसारमा उच जाती र निच जाती नभएको तर समाजमा बलिया र अगाढी बढेकाहरुले श्रमीकबर्गलाई हेप्न खोज्नेहरुले यस्तो छुट्याएको बताए । उनले जातीयबाद  बिरुद्धमा नेपाल कम्युनिष्ट  पार्टि डटेर लाग्ने बताए । 

जातीय भेदवाव गर्नेहरु अरुको पसिना लुटेरखान खोज्नेहरु रहेको बताउदै चन्दले तरबार र बन्दुकको बलमा बिभेद गर्न खोजिन्छ भने तरबारको सामाना तरवार बाट गर्ने चेतावनी  दिए ।

कानुन र पैसाको भर कसैले भेदभाव गर्न चाहान्छ भो त्यस्को बिरुद्ध नेपाल कम्युनिष्ट  पार्टि प्रतिकार गर्न तयार रहेको बताए । उनले सबैको रगत,श्रममा कुनै भेदभाब नभएको बताउदै दलित शब्द लाई खारेज गर्नु पर्ने बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु