ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु

छिनोफानो   आइतबार २८, कार्तिक २०७८ ११:४१

धनगढी । कैलालीमा शनिबार राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका-८ स्थित भित्रि सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बे११प ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको से१त ८९२० नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षीय विशाल कठरियाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ट्र्याक्टर चालक कैलारी-२ का ४६ वर्षीय कृष्ण चौधरीलाई इलाका प्रहरी कार्यालय चौमाला र ट्र्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु