भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ

छिनोफानो   आइतबार २८, कार्तिक २०७८ ०२:०८

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।
गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । रावल फरार छन् ।

विकासले नवीनकै समूहमा रहेर गुण्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो । यसअघि नै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु