युट्युबले आफ्ना भिडियोबाट ‘डिस्लाइक बटन’को फिचर हटाउने

छिनोफानो   आइतबार २८, कार्तिक २०७८ ०२:३९

युट्युबले आफ्ना भिडियोबाट ‘डिस्लाइक बटन’को फिचर हटाउने भएको छ। 


रिर्पोटका अनुसार युट्युबले उत्पिडन रोक्नको लागि भिडियोलाई कतिजनाले मन पराएको छैनन् भनेर देखाउने फिचर हटाउन लागेको हो। 

यो परिवर्तन डिस्लाइकबाट हुने आक्रमण कम गर्न ल्याइएको हो। एक समूहको दर्शकहरुले डिस्लाइकको संख्या सकेसम्म बढी गराएर भिडियोलाई नराम्रो देखाउने भएकोले कम्पनीले यस्तो निर्णय लिएको हो। 
युट्युबले डिस्लाइक बटन मानिसहरुलाई नराम्रो भिडियोमा आफ्नो प्रतिक्रिया दिन ल्याएको थियो। हालसम्म धेरै डिस्लाइक युट्युबकै रिवाइन्ड भिडियोमा आएको थियो। तर योमार्फत केही सिर्जनाकर्ताहरुलाई भने नकरात्मक असर पारिरहेको रिर्पोटले जनाएको छ। 

अब भने कम्पनीले कुनै भिडियोलाई कतिजनाले डिस्लाइक गरेको देखाउने फिचर केही समयको लागि बन्द गरेर परीक्षण गरिरहने बताएको छ।
यसमा डिस्लाइक बटन पुरै हटाइने छैन, र यो युट्युबको सिफारिस एल्गोरिदममा हुनेछ। यसमा युट्युबरहरुले निजी रुपमा कतिजनाले उनीहरुको भिडियो डिस्लाइक गरेका छन् भन्ने देख्ने छन्। 

युट्युबको यो परिवर्तन अब चाँडै आउने याहु निउजले लेखेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु