बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ ०८:०७

बाजुराको बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–२ कोल्टीकी ४२ वर्षीया जनदेवी खत्रीको बाटो हिँड्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।

आइतबार बिहान खेतबाट घर फर्किने क्रममा दानसाँगु भीरबाट उनी करिब १ सय १० मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरी निरीक्षक नाथले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु