रौतहटमा एकै घरका दुई बालक को शंकास्पद मृत्यु

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ ०८:०८

रौतहटमा एकै घरका दुई बालक (दाजुभाइ) को शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका–५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश र ३ वर्षीय छोरा विकासको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्यु विषदी सेवनको कारण भएको आशंका स्थानीयले गरेका छन् । तर, पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन । मृतक दुवैको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

शनिबार बिहान दुबै बालकले बान्ता गर्न थालेपछि अभिभावकले उपचारका लागि सुरुमा गरुडास्थित एउटा निजी अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार राति उनीहरुलाई वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । उपचारको क्रममा विकासको शनिबार राति र आकाशको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै छोराको मृत्यु भएपछि मुखिया परिवारमा ठूलो चोट पुगेको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै उनीहरुको मृत्युको कारण खुल्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु