निमित्त प्रमुख प्रशासकिय अधिकृतले प्राबिधिक प्रस्ताबको सुचना लुकायरै प्रकासित गरेको आरोप

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ १२:३७

धनगढी : बाजुराको हिमाली गाँउपालीकाकाले आफु निकट निर्माण कम्पनी लाई ठेक्का दिन प्राबिधिक प्रस्ताब नै लुकायको तथ्य फेला परेको छ । हिमालय टाईम्स मा टेन्डर आव्हान गरेको गाउपालीकाले प्राबिधिक प्रस्ताब कसैलाई जानकारी नहुने गरि हिमाली गाँउपालीकाको वडा नम्बर ६ स्थीत धिमपाडी सडक निर्माणको लागी २०७८ भाद्र २० गते हिमालय टाईम्समा टेन्डर आव्हान सुचना प्रकासीत गरेको थियो  । 


टेन्डर आव्हान पछि हिमाली गाउपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत र प्राबिधिकहरुको मिलेमत्तोमा बोलपत्र आव्हानको सुचना प्रकासीत गर्दै गर्नु पर्ने २ करोड बराबरको निर्माण कार्यलाई ध्यान नदिई आफुलाई चाहेको निर्माण सेवा लाई लाभ पुगोस भनि प्राबिधिक प्रस्ताबमा बढि सर्तहरु राखी माग गरियको छ । 


बास्तबिक २ करोड  सम्मको सडक निर्माणमा टर्याक खन्दा केके चिज चाहीन्छ भन्ने तिर ध्यान नदिई आफु खुसी प्राबिधिक प्रस्ताबमा बढि सर्तहरु राखीय पछि स्थानीय निर्माण सेवा कम्पनीहरु टेन्डर हाल्नबाट बन्चीत भएका छन । 
गाउपालीकाले आफु अनुकुल रहेको निर्माण कम्पनी लाई सो ठेक्का पार्नका लागी प्राबिधिक प्रस्ताब तथा आर्थीक प्रस्ताब बढायको अन्य निर्माण कम्पनीको गुनाँसो छ । बोलपत्र सुचना प्रकासीत भए ्पछि ९ ओटा बोलपत्रदाताले टेन्डर हालेका थिए । 


तर पछि प्राबिधिक प्रस्ताब खोल्दा ८ ओटा बोलपत्र दाताको टेन्डर अस्वीकृत गरि आफु निकट एक निर्माण सेवाको प्राबिधीक प्रस्ताब पास भएको सुचना प्रकासीत गरेको अन्य निर्माण कम्पनीहरुको गुनाँसो छ । प्राबिधिक प्रस्ताब पास भएको सुचना कसैले थाहा नपाउने गरि नेपालगञ्जको एक दैनिक पत्रिकामा प्रकासीत गरेको ले अन्य निर्माण कम्पनीले जानकारी नपाएको बताए ।


बाजुरा जिल्ला बाट नियमित रुपमा बिभिन्न पत्रपत्रिका प्रकासीत भईरहेका भएपनि कसैले थाहा नपाउने गरि नेपालगञ्जबाट प्रकासीत पत्रिकामा सुचना प्रकासीत गर्दा गाउपालीकाको नियतमा नै खोट रहेको देखिन्छ । कसैलाई जानकारी नगराउने हेतुले गाउपालीकाले प्रकासीत गरेको सुचनाको जानकारी प्राप्त गरेका निर्माण कम्पनीले सबै सर्तहरु पुरा गरि प्राबिधिक प्रस्ताब तथा आर्थीक प्रस्ताब पेस गरेको भएपनि कुनै सुनुवाई नै नभएको बताएका छन । 


गाउपालीकाले प्राबिधिक जनशक्ती कम भएमा प्रदेश सरकार सँग सहकार्य गरेर नियम कानुन परिधि भित्र रहि पारदर्सी तरिकाले टेन्डर आव्हान ,तथा मुल्यांकन गर्नु पर्नेमा सो नगरि आफु खुसी एउटा मात्र प्राबिधिक र आर्थीक प्रस्ताब सदर गरि सो आसय पत्र कार्तीक २३ गते प्रकासीत गरेको अन्य निर्माण सेवा कम्पनीहरुले आरोप लगायका छन ।


वल्र्डवाइ जुम्ली त्रिशक्ती चन्द्रीका जे भि , र्ढ जालुकेनी निर्माण सेवा ,गाल्बा मेनका रोहित जेभि ,धुलिखेल खार्पुनाँथ जेभि,जगदम्बा राजधानी जेभी,महादेब खिम्ती अन्जना श्वार जेभि,हार्दीक एसएस जोईन्ट निर्माण सेवा ,पुर्ण निर्माण सेवा र नन्जीला आकांक्षा मजदुर जेभि लगायत करिब ९ ओटा निर्माण कम्पनीले बोलपत्र दिएका थिए । सो मध्ये एक कम्पनी लाई मात्र प्राबिधिक प्रस्ताबमा छनौट गरि अरुलाई ८ ओटा लाई हटाईयको छ ।  


गाँउपालीकाले नियम बिपरित आफुलाई आर्थीक लाभ पुग्ने गरि सुचना प्रकासीत गर्नुले आर्थीक चलखेल भएको बुझन सकिन्छ । नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ अनुसार बोलपत्र आव्हान गर्दा राष्ट्रिय पत्रिकामा गरेको मा पछि स्थानीय पत्रिकामा प्राबिधिक प्रस्ताबको सुचना प्रकाशीत गर्नुले गाउपालीका को नियत माथी नै प्रश्न चिन्ह खडा भएको छ । 


गाउपालीका अध्यक्ष गोबिन्द बहादुर मल्लले आफुलाई यस बारे कुनै जानकारी नै नभएको यस्को सम्पुर्ण जानकारी बारे प्रमुख प्रसासकिय अधिकृत सँग बुझनु पर्ने बताए । तर गाउपालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले आफुहरुले नियम सँगत काम गरेको दाबी गरेका छन । उनले टेन्डर परेका ९ ओटा मध्ये ८ निर्माण कम्पनीको डकोमेन्ट नपुगेकोले आफुहरुले पुगेको लाई मात्र छनौट गरेको दाबि गरे । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु