प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ ०१:४८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन् । तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वर्षौंदेखि थाति रहेका मुद्दाको सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा परेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । जनताको अदालत नियमित सञ्चालन हुनुपर्ने उनीहरुको माग राखेका थिए । कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने र राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्च परिसरको मुल गेटमै निरन्तर धर्ना बसेका छन् ।

सर्वोच्चभित्र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन् । सोमबार वकिल र प्रहरीबीच पनि धकेलाधकेल भएको छ ।

जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । जबराको समर्थन प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ । अदालतमा इजलास नचल्ने भएपछि कानुन व्यवसायी पक्ष–विपक्षमा उत्रिएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु