कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ ०२:२९

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। 
 जिल्ला प्रहरी कार्यालय कैलालीका  अनुसार आफ्नै घरबाट बिद्युतको तार लगि सोही ठाउँस्थित खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटानाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु