नेपाल बन्दको पुर्वसन्ध्यामा धनगढीमा राँके जुलुस

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ ०६:२९

सोमबार धनगढीमा राँके जुलुस गरिएको छ । कार्तिक ३० गते नेत्र विक्रम चन्द विप्लवले गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा राँके जुलुस निकालिएको हो । दिनप्रतिदिन भईरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै विप्लवले साँकेतिक रुपमा नेपाल बन्दको घोषणा गरेको जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताए । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीको भार नेपाली जनताले थेग्न सक्दैनन्, उनले भने, देउवा सरकारले नेपाली जनताको आहारा खोसेको छ । त्यस्तै नेपाल आयल निगमले नागरिकलाई मर्कापर्ने गरी मुल्यवृद्धी गरेको भन्दै नेपाल बन्दमार्फत सांकेतिक चेतावनि दिएको चलाउनेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु