बिहानै देखि धनगढी सुनसान

छिनोफानो   मङ्गलबार ३०, कार्तिक २०७८ ११:५०

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव कैलालीमा पनि  देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बन्द आह्वान गरेको हो। कैलालीका   सडकहरु मगंलबार बिहानै देखि खाली देखिएका छन् । यहाँका अधिकांश पसलहरु पनि बन्द रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेपाल बन्दका कारण  बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।

विशेषगरी लामो दूरीबाट यात्रा गरेर धनगढी आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट धनगढी आइपुगेका यात्रु बसपार्क लगायतका क्षेत्रमै अलपत्र परेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो देखिएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु