अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा

छिनोफानो   मङ्गलबार ३०, कार्तिक २०७८ ०१:१४

कमल विक  
नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा भयको मुल्य वृद्धि विरुद्ध गरेको बन्द आह्वानलाई अछाममा पनि कडाईका साथ लागु गरिएको छ।
  अछाम स्थित संपूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था, उद्योग, व्यापार, वित्तीय संस्था , विद्यालय र सार्वजनिक यातायात, पुर्ण रुपमा बन्द गरिएका छन् भने एम्बुलेन्स, दूध बोक्ने गाडी, खानेपानीका गाडी र होटलहरु खुल्ला गरिएको छ।
 मंगलबार बिहान बाट गरीएको बन्द साँझ चार बजे पछि मात्र खुल्लने कुरा नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिना ले जानकारी दिनु भएको छ।
   नेपाल सरकारले अन्तराष्ट्रिय बजारमा भयको मुल्य वृद्धि र नेपाल आयल निगमको घाटा पूर्तिको बहाना बनाउँदै निरन्तर डिजेल पेट्रोल मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरीरहेको छ। इन्धनको मूल्य वृद्धि हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बजारमा बढीरहेको छ। मुल्य वृद्धिका कारण नागरिकको जीवन शैली असहज भयको भन्दै नेकपा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै सँगर्स गरीरहेको छ। 
सरकारले कोरोनाको कारण जनताको अर्थिक स्थिति दयनिय भयको बेला राज्यले यसरी मुल्य वृद्धि गर्नु जनताको ढाड सेक्ने कुरा भयको जनताको बुझाई छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु