डडेल्धुरामा फेरि वडा अधिवेशन माग गर्दै कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा अनशन

छिनोफानो   बुधबार ०१, मङि्सर २०७८ ०३:५४

डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस डडेल्धुरा बुधबारदेखि काठमाडौंमा अनशन बस्दै छ ।
वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको डडेल्धुरामा दोहोर्‍याएर वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा अनशन सुरु हुन लागेको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेदेखि धर्ना र अनशन सुरु गरिने सभापति मल्लले जानकारी दिएका छन् ।

यसअघि उनले कात्तिक २७ गते सानेपामा पत्रकार सम्मलेन गरेर अनसन र धर्नाको घोषणा गरेका थिए । कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदाहुँदै जिल्लामा संस्थापन पक्षले एकलौटी रूपमा वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ । सानेपामा धर्ना र अनशन बस्न जिल्ला सभापति मल्लले डडेल्धुराबाट नेता–कार्यकर्ताहरु बोलाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु