सिहको अध्यक्षतामा ड्राईभिङ स्कुल संघ नेपाल सदुरपश्चिम प्रदेश कमिटी चयन

छिनोफानो   बुधबार ०१, मङि्सर २०७८ ०५:११

धनगढी : ड्राईभिङ स्कुल संघ नेपालको सदुरपश्चिम प्रदेश कमिटी चयन भएको छ । बुधकार धनगढीमा भएको भेलाले दिपक बहादुर सिहको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कबिन्द्र बोहोरा र महोन एसके,सचिबमा ओम प्रकास जोशी,सह–सचिबमा कृष्ण खरेल,कोषाध्यक्ष नामकर पनेरु , सदस्य असोक राज बोहोरा राकेश बिक्रम सिह,सुरत सिबाकोटी,हरि बोहोरा र लोकेन्द्र बम रहेका छन ।

ड्राईभिङ संघ नेपाल केन्द्रीय सदस्य रमेश बहादुर सिह को सभापतीत्वमा भएको भेलाका प्रमुख अतिथी ड्राईभिङ संघ नेपाल केन्द्रीय महासचिब उमेस सिके रहनु भएको थियो । सो कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी सिकेले सरकारले यस अघि ड्राईभिङ बिद्यालयका बारे ऐन कानुन  निर्माण गर्दा संघ सँग कुनै छलफल नै नगर्दा  प्रभाबकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए ।

उनले आगामी दिनमा ऐनकानुन निमार्ण गर्दा समन्वय र सहकार्य गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै नव निर्बाचित अध्यक्ष दिपक बहादुर सिहले आगामी दिनमा सुदुरपश्चिम प्रदेशमा ड्राईभिङ बिद्यालयको स्थापना गरि बिस्तार गर्ने बताए ।

उनले सुदुरपश्चिम प्रदेशमा रहेका ड्राईभिङ सिक्न चाहाने नागरिकहरु लाई दक्ष तथा अनुवभी बनाउनका लागी बिद्यालय स्थापना महत्पपुर्ण भएको बताउदै यस तर्फ आफु लागी पर्ने बताए । दक्ष ड्राईभर उत्पादन गर्न आफु लागी पर्ने उनले प्रतिबद्धता समेत जनाए । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु