प्रहरीले बल प्रयोग गरेर कानुन व्यवसायीलाई घाइते बनाएपछि सर्वाेच्चद्वारा दुःख व्यक्त

छिनोफानो   शुक्रबार ०३, मङि्सर २०७८ ०५:५०

काठमाडौं । बिहीबार सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेर घाइते बनाएपछि सर्वाेच्च अदालते दुःख व्यक्त गरेको छ ।

शुक्रबार अदालतको प्रशासन महाशाखाले बिहीबार घटेको अप्रिय घटनामाथि दुःख व्यक्त गर्दै घाइते सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बिहीबार नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको थियो ।

आगामी दिनमा त्यस्तो खालको अप्रिय घटना घट्न नदिन पनि सर्वाेच्चले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु