जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको ट्रक दुर्घटनामा , २४ प्रहरी घाइते

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०८:३७

जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।

कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु