डडेल्धुराबाट प्रदेश प्रतिनिधिमा बिष्ट निर्विरोध निर्वाचित

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०९:२६

डडेल्धुराका युवा बिनोद बिष्ट नेपाली कांग्रेस डडेल्धुराबाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । डडेल्धुरा जिल्लाको क्षेत्र नं को परशुराम नगरपालिका जोगबुढामा शुक्रबार  सम्पन्न नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशनबाट उनि निर्बिरोध प्रदेश प्रतिनिधिमा नियुक्त भएका हुन् । 


कानुन संकाय, अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका बिस्टले बिगत ४ बर्ष देखि डडेल्धुरा लगाएतका स्थानिय निकायमा भएका अनियमिता र भ्रष्टाचारका विरुद्ध चरम बिरोध र भण्डाफोर गर्दै आएका थिए  । आलिताल गाउँपालिका वार्ड नं ५ घर भएका विष्ट डडेल्धुराको कांग्रेस राजनितिमा एक आस लाग्दा र केहि गर्न सक्ने क्षमता भएका व्यक्तित्वको रुपमा यस क्षेत्रका स्थानीयहरुले लिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु