कोरोना संक्रमण बढेसँगै अष्ट्रियामा पूर्णरुपमा लकडाउन

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०९:४५

 कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । केही दिनअघि खोप नलगाएका मानिसका लागि मात्र लकडाउनको घोषणा गरेको अष्ट्रियाले संक्रमण नरोकिएको भन्दै सबैलाई लकडाउनको घोषणा गरेको हो ।

चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने बताएका छन् । त्यसका कोभिड–१९ विरुद्धको खोपलाई पनि अनिवार्य बनाइने उनले बताएका छन् । आगामी फेब्रुअरीदेखि अष्ट्रियामा कोरोना खोप लगाएको प्रमाण आवश्यक कानुनी प्रक्रिया हुने उनको भनाइ छ ।

पछिल्लो समय अष्ट्रियामा मात्र नभई समग्र युरोपमा कोरोना संक्रमण फैलिइरहेको छ । धेरै युरापेली मुलुकले संक्रमण बढेसँगै प्रतिबन्धका नियम पनि ल्याइरहेका छन् । ‘हामी कोरोनाको पाँचौं लहर आओस् भन्ने चाहँदैनौं’, स्केलेन्वर्गले भने ।

उनले पछिल्लो केही समययता अष्ट्रियामा कोरोना खोप लगाउने मानिसको संख्या पनि बढेको बताएका छन् । अष्ट्रिया युरोपमा सबैभन्दा सुस्त कोरोना खोप अभियान चलाउनेमध्येको एक मुलुक हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु