पदमा अस्पताल मा आईसीयू र एनआइसियू सेवा सुरु

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०१:२३

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको पदमा अस्पताल प्रा ली ले आफनो स्थापना दिवसको अवसरमा आईसीयू र एनआइसियू सेवा सुरु गरेको छ ।

आईसीयू र एनआइसियू सहितको सेवा पछि सदुरपश्चिम प्रदेशका नागरिकहरु लाई निकै सहज हुने बिश्वास अस्पतालले गरेको छ । ग्रमिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको पदमा अस्पताल १६ बर्ष पुरा भई आजवाट १७ औँ बर्षमा प्रवेश गरेको हो ।

सो अवसरमार अस्पतालले एक कार्यक्रमको आयोजना गर्दै आईसीयू र एनआइसियू सेवा थप गरेको हो । बिगतमा पनि बिभिन्न किसीमका सेवा दिदै आएको अस्पातलले यो क्षेत्रका जनताको समस्या लाई मध्येनजर गर्दै आईसीयू र एनआइसियू सेवा बिस्तार गरेको पदमा अस्पतालका डाक्टर नर बहादुर मौनीले बताए । 


बिगतमा कैलाली जिल्लामा सरकारी अस्पताल र एक निजि अस्पताल मात्र सञ्चालन रहको अवस्थामा आफुहरुले नागरिकलाई सहज सेवाका लागी अस्पताल स्थापना गरेको पदमा अस्पतालका अध्यक्ष गजेन्द्र बिर चन्दले बताए । उनले पछिल्लो समय आईसियु सेवाको आवश्यक्ता रहेकोले सो सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

 
पदमा अस्पतालले अत्तरिया क्षेत्रको बिकासमा निकै ठुलो भुमीका खेलेको गोदावरी नगरपालीका प्रमुख हरि सिह साँउद ले बताए । उनले आफुले नगरपालीका बाट गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए । 


२०६२ सालमा स्थापना भएको पदमा अस्पताल प्रा.ली अत्तरिया क्षेत्रको मात्रै नभएर अहिले सुदरपश्चिमका साथ पहाडी जिल्लाका जनताहरुको मुख्य केन्द्र बिन्दु बनेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु