जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०२:०१

 जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको हो। हिरासतमा रहेकी रावलको बिहान हिरासतमा अचेत भई अस्पताल पुर्याए पछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए।
‘‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’’ डिएसपी बिष्टले भने, ‘‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो।’’ मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा मा रहेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु