भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०२:१९

 भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षका मिलन तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकलले वाग्मती प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिकामा–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु