भारतमा बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु,१०० भन्दा बढी बेपत्ता

छिनोफानो   शनिबार ०४, मङि्सर २०७८ ०४:५९

भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरू १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् ।

बाढीले विशेष गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पुरयाएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको टोली खटिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सातवटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । खोजी तथा उद्धारकार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरूका अनुसार बाढीका कारण मृत्यु भएकाको संख्या बढ्न सक्ने देखिएको छ । रासस÷एएनआई

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु