धनगढी- सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा परेका छन। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका ७ जना कारबाहीमा परेका हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ (२) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाहीलाई कारबाही गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरिएको नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए।
निर्वाचन क्षेत्र नं. ३ (२) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाही पनि कारबाहीमा परेका छन्।
यसैगरि क्षेत्र नं. ४ (२) बाट उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठकलाई पनि कारबाही गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति भट्टले बताए। शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बमविरुद्ध उम्मेदवारी दिएका थिए।
यता निर्वाचन क्षेत्र नं। क्षेत्र नं. ५ (२) बाट उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि कारबाही भएको छ। सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाले उम्मेदवारी दिएका छन्। भण्डारीले उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
प्रतिकृया दिनुहोस