भ्रष्टाचार न्यून हुन नसकेकोमा प्रधानमन्त्री कार्कीद्वारा चिन्ता व्यक्त

छिनोफानो   बुधबार २९, माघ २०८२ १२:५०

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अख्तियारले राम्रो काम गर्दा गर्दै पनि भ्रष्टाचार न्यून हुन नसकेको बताउनुभयो । उहाँले अख्यिारले गर्दै आएका काम र प्रयासको भने प्रसंसा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगको भूमिका महत्वपूर्ण रहेको र अझै सक्रिय र निर्भिक रूपमा काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा अख्तियार दुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन कायम गर्न दिइएका सुझाव सम्बन्धित पक्षले अपेक्षित पालना नगरेको गुनासो गर्नुभएको छ ।

उहाँले भ्रष्टाचार नियन्त्रण आयोगको मात्रै काम नभएको र राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको बताउनुभयो । राईले कसुर गर्नेमाथि अख्तियारले दण्डात्मक कारबाही गर्ने तर सुशासनका लागि दण्डात्मक कारबाही आधार हुन नसक्ने बताउनुभयो ।

अनुसन्धानलाई प्रभावकारी बनाउन नविनतम प्रविधिको प्रयोग गर्नेक्रम बढेको पनि उहाँको भनाइ छ । आयोगको ३५औँ स्थापना दिवसको पूर्वसन्ध्यामा हिजो ट्रान्सपरेन्सी इन्टरनेसनलबाट सार्वजनिक अध्ययन प्रतिवेदनले भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको स्तरमा सुधार हुन नसकेको देखाएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२५ को सर्वेक्षणअनुसार ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)’ मा नेपालले सयमा ३४ अङ्क पाएको छ, जुन अघिल्लो वर्षको प्रतिवेदनमा पनि ३४ नै थियो । समान अंक भए पनि सन् २०२४ मा सर्वेक्षणमा १ सय ८० देश सहभागी भएकाले नेपाल १०७औं स्थानमा थियो, सन् २०२५ मा भने १०९औं स्थान कायम भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु