यज्ञ बोगटीलाई भोट किन ? यस्ता छन उनले गरेका कामहरू.......

छिनोफानो   मङ्गलबार २८, माघ २०८२ ०१:०३

अछाम ।  नेकपा एमाले अछाम क्षेत्र नम्बर २ का उम्मेदवार यज्ञ बहादुर बोगटी यति बेला चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन । २०७४ सालमा अछाम जिल्ला बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका बोगटी २०७९ मा भने काङ्ग्रेस उम्मेदवार पुष्प बहादुर शाह सँग पराजित भएका थिए । देश भर पाँच दलीय गठबन्धन हुँदा पनि उम्मेदवार बोगटीले काङ्ग्रेसका उम्मेदवार शाह भन्दा थोरै मत बाट पराजित भएका थिए ।

५ बर्ष प्रतिनिधि सभा सदस्यका रूपमा काम गरेका बोगटीले अछामको शिक्षा स्वास्थ्य, खानेपानी यातायात लगायतका समस्याहरू लाई सदन कडा रूपमा प्रस्तुत गरिरहेका थिए । उनले अछाम जिल्लाको विकासका लागी थुप्रै योजना तथा काम गरेका थिए । सोही कामका कारण बोगटीले लगातार तेस्रो पटक अछामबाट प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन । 

लगातार किन तेस्रो पटक पार्टिले विश्वास गर्यो त बोगटीलाई यस्तो छ कारण ....

अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका एक विकासवादी नेताका रूपमा परिचित छन  यज्ञ बहादुर बोगटी । उनले  आफ्नो राजनीतिक जीवनमा स्थानीय समुदायका लागि निरन्तर जनसेवा र विकासमुखी दृष्टिकोणका साथ काम गर्दै आएका छन् । उनले आफ्नो क्षेत्रका जनताको दैनिक आवश्यकता र समस्यालाई नजिकबाट बुझ्ने नेताका रूपमा स्थापित भएको उल्लेख गर्ने गरिन्छ । 

बोगटी  २०७४ सालको स्थानीय चुनावमा अछाम क्षेत्र नम्बर २ बाट  जितेका थिए । चुनाव जितेपछि बोगटीले स्थानीय शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै आफ्नो दमदार आवाज सदनमा प्रस्तुत गर्दै अछामको विकासको लागि काम गरेका छन् । विशेष रूपमा उनले गुणस्तरीय शिक्षा ,स्वास्थ्य यातायात जस्ता क्षेत्रको विकासको लागि आफ्नो आवाज सदनमा बुलन्द गर्दै अछामको विकासलाई जोड दिएका थिए । सेती लोक मार्ग ,जङ्गलघाट पुल बन्नुपर्ने मा उनको अडान थियो । फलस्वरूप बिस्तारै काम हुँदै आयको छ । अछामको ऐतिहासिक दरबार निर्माणमा भैईरहेको ढिलाइका लागि नेता बोगटीले सडक देखि  सदन सम्म आवाज उठाएका थिए । अछाममा पानीको समस्या मा रहेका कमलबजार ,मङ्गलसैन लगायतका क्षेत्रमा डिपबोरिङ मार्फत पानी ल्याउन बोगटीको प्रमुख योगदान रहेको छ । 

कृषकका लागि किसानमुखी कार्यक्रम तथा स्वास्थ्य सेवा सबैका पहुँचमा ल्याउन बोगटीको विशेष पहल रहेको छ ।  बोगटीले प्रत्यक्ष संवाद, घरदैलो भेटघाट र स्थानीय समस्याको पहिचानमा जोड दिएका छन्। यसले जनतासँगको भरोसा निर्माणमा मद्दत गरेको छ ।उनले अछाम क्षेत्रका दुर्गम क्षेत्रमा यातायात तथा सडक सञ्जाल विस्तार गर्ने, कृषि तथा साना उद्यमहरूको प्रवर्द्धन गर्ने र स्वास्थ्य तथा शिक्षा सेवाहरूलाई सबैका पहुँचमा पुर्‍याउने कामलाई आफ्ना एजेन्डामा राखेका छन्।  आफूले आफ्नो संसदीय कार्यकालमा गर्न बाकी अधुरा कामलाई पूरा गर्नका लागि आफू यो चुनावमा उम्मेदवार बनेको नेता बोगटीको भनाई छ । मैले सुरु गरेका केही योजनाहरू अधुरा छन ती कामहरू मैले पूरा गरि अछामी जनतालाई सेवा गर्नु छ नेता बोगटी भन्छन् । 

संसदीय प्रतिनिधिका रूपमा चुनाव जितेपछि उनले आफ्नो क्षेत्रका हितका लागि आवाज उठाउनेमा अछामी जनताको अपेक्षा रहेको छ ।

यस्ता छन उनले गरेका काम 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु