सुदूरपश्चिमकि पूर्व राज्यमन्त्री साउदसहितका ६५ जना एमालेमा प्रवेश

छिनोफानो   सोमबार ०४, फागुन २०८२ १०:०९

धनगढी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) कि केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मनाकुमारी साउदसहितका ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन्

आइतबार धनगढीमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्ता स्वागत गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरूमा अछामकाे मेल्लेख गाउँपालिका-४ का राजेन्द्र बहादुर साउद, चाैरपाटी-५ का नवीन साउद, मेल्लेख-७ का कृष्णबहादुर साउद, माेहन साउद, बिरबहादुर साउद लगायतका नेता कार्यकर्ता रहेका छन् ।

उनीहरू कम्युनिस्ट आन्दोलन एकीकृत र एकढिक्का बनाउने एमालेमा प्रवेश गरेकाे उल्लेख गरेका छन् ।

पार्टीमा प्रवेश गरेकाहरूले अछाम-१ का उम्मेदवार दिपक साउदलाई जिताउन लागि पर्ने प्रतिबद्वता समेत जनाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु